

वीर अस्पतालको कार्यकारी निर्देशकमा पौडेल

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. सन्तोष पौडेल नियुक्त भएका छन् ।
स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई उक्त जिम्मेवारी दिएका हुन् ।
डा. पौडेल अर्थोपेडिक सर्जन हुन् । उनी दशौं तहका हुन् ।
केही समय अगाडी उनीविरूद्ध अनियमितता गरेको उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो ।

