
अष्टलक्ष्मी शाक्यसहित दाहाल-नेपाल समुहका ७७ कार्यकर्ता पक्राउ
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समुहले आज बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा कलंकी क्षेत्रको कमान्डर नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
आमहड्तालका क्रममा बिहीबार बिहानै दर्जनौं बन्दकर्ता पक्राउ परेका छन् । राजधानीको कलंकी, सामाखुशी, सोह्रखुट्टे, महाराजगञ्ज लगायतका स्थानबाट अहिलेसम्म ७७ बन्दकर्ता पक्राउ परेका हुन्
दाहाल-नेपाल समुहले घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । यही क्रममा कलंकी क्षेत्रबाट दाहाल नेपाल समुहका नेतृ शाक्यसहित ८ जनालाई कलंकी क्षेत्रबाट प्रहरीले पक्राउ गरिएको जानकारी दिएको छ ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड(नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो ।
गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहीबार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।



कागजपत्र |
