
भोली गौशाला क्षेत्रमा ठुला सवारी प्रवेश निषेध : ७ सय ट्राफिक परिचालन, यसरी हुँदैछ ट्राफिक व्यवस्थापन
काठमाडौं – महाशिवरात्रिको दिन भोलि गौशाला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पुरानो बानेश्वर, रातोपुल, कालोपुल, मित्रपार्क, चाबहिल गौरीघाट, तिलगंगा र सिनामंगल क्षेत्रबाट पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छ ।
सवारी साधन पार्किङका लागि ६ ठाउँ तोकिएको छ । सिफलचौर, गुहेश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तीलगंगा आँखा अस्पताल अगाडि र बनकानी क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
शनिवार शिवरात्रि मेला अवधिभर पशुपति क्षेत्रमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले ७ सय ट्राफिक परिचालन गर्ने भएको छ । पशुपति मन्दिर परिसरमा कमाण्ड सेन्टर तयार गरेर प्रहरी नायव उपरीक्षक (डिएसपी)ले ट्राफिक व्यवस्थापनको कमाण्ड गर्नेछन् ।
‘करिब ७ सय ट्राफिक परिचालन गर्छौं’ एसएसपी भट्टले भने,‘पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापनको कमाण्ड डिएसपीले गर्नेछन् ।’
पशुपतिमा दर्शन गर्न जानेहरुले लगेका सवारी साधनलाई ६ ठाउँमा पार्किङ गर्ने व्यवस्था गरिएको छ । सिफल चौर, गुहेश्वरी पारी, पशुपति विकाश कोषको कार्यालय र भण्डारखालमा पार्किङ गर्न पाइने छ । तिलगंगा आँखा अस्पताल अगाडी र बनकाली क्षेत्रमा पनि पार्किङ गर्न सकिने एसएसपी भट्टले बताए ।
तोकिएको पार्किङ स्थलमा तीर्थयात्री, पास वाहक सवारी र शिविर सञ्चालन गर्ने संघ संस्थाहरुले पार्किङ गर्न पाउनेछन् । दमकल र एम्बुलेन्स बनकाली क्षेत्रमा पार्किङ गर्नुपर्ने छ । सुरक्षाकर्मी र पास वाहक सवारीलाई भण्डारखाल र कोषको कार्यालयमा पार्किङ गर्न दिने निर्णय गरिएको छ ।



कागजपत्र |
