देशभर थप ६ जनामा कोरोना पुष्टी


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०० जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

३४६ जनाको पीसीआर र ९५४ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोही पनि संक्रमणमुक्त भएका छैनन् ।

१५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया