सिंहदरबारका बरण्डाका कर्मचारीलाई पलिकामा पठाउँछौंः मन्त्री मोदी


विराटनगर – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिंहदरबारका बरण्डामा घुमिरहेका कर्मचारीलाई पालिकाहरुमा खटाउने बताएका छन् ।

विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

‘सिंहदरबारका बरण्डा र दरबन्दी नभएका ठाउँमा कर्मचारीहरु के-कति कारणले बसिरहेका छन्, त्यसको कारण खोजेर हामी सवैलाई स्थानीय तहमा पठाउछौ,’ मन्त्री मोदीले भने । हालै बढुवा भएका उपसचिवहरुलाई कसैको कुरा नसुनीकन रिक्त रहेको स्थानीय तहमा खटाएको पनि उनले बताए ।

पहाडी इलाकाको दुर्गम क्षेत्रमा कर्मचारी जान नमानिरहेको बताउदै जनताको सेवाका लागि कर्मचारीलाई अनिवार्य रुपमा खटाउने पनि उनले बताए ।

मन्त्री मोदीले संसदको जारी अधिवेशनमै संघीय निजामती ऐन ल्याउने तयारी भैरहेको बताए ।

प्रतिक्रिया