युक्रेनको मुख्य तेल प्रशोधन केन्द्रमा रुसको मिसाइल वर्षा


एजेन्सी – रुसी सेनाले युक्रेनको बख्मुटमा मिसाइलको वर्षा गराएको छ। किभका अनुसार बख्मुटको मुख्य तेल प्रशोधन केन्द्रमा रुसी सैनिकले मिसाइलको वर्षा गराएको हो।

रुसी भाडाको सैनिक समूह वाग्नर मार्सेनरीले बख्मुट २ महिनाभित्र नियन्त्रणमा लिने घोषणा गरेको महिना दिनभित्रै बख्मुटमा ठूलो आक्रमण भएको हो। ३६ भन्दा बढी मिसाइल खसेको तेल प्रशोधन केन्द्रमा कति क्षति भयो भन्ने एकिन विवरण आइनसकेको युक्रेनी एयरफोर्सले जनाएको छ।

युक्रेनले कम्तीमा १६ आक्रमण भने निस्तेज पारिएको दाबी गरेको छ। रुसी सेना केही समययता डोनेत्सकको सानो सहर बख्मुटमाथि केन्द्रित भएको छ।

यो सहरबाट कम्तीमा ७० हजार मानिस विस्थापित भइसकेका छन्। रुसले बख्मुट कब्जामा लिने गरी आक्रमण गरेको र यसले ठूलो भौतिक क्षति गराएको युक्रेनी अधिकारीको दाबी छ।

रुसले पछिल्लो समय तेल प्रशोधन केन्द्र, विद्युत ग्रिड तथा खानेपानी जस्ता संवेदनशील क्षेत्रमा आक्रमण बढाएको छ।

प्रतिक्रिया