सन्दीप लामिछानेले लिए स्कटल्याण्डको २ विकेट


काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–टू को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा सन्दीप लामिछानेले २ विकेट हात पारेका छन् ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालका कुशल मल्लले सुरुवाती दुई विकेट लिएका थिए भने त्यसपछिका २ विकेट सन्दीप लामिछानेले लिएका छन् ।

अहिले १७ ओभरको खेल जारी रहँदा स्कटल्यान्डले ४ विकेटको क्षतिमा ७० रन बनाएको छ ।

प्रतिक्रिया