


आमहडतालको पूर्वसन्ध्यामा दाहाल-नेपाल समूह निकट अनेरास्ववियूको मशाल जुलुस

काठमाडौँ – आम हड्तालको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूह निकटको अनेरास्ववियूले काठमाडौंमा मशाल जुलुस निकालेको छ ।
बुधबार काठमाडौँको बागबजारस्थित अनेरास्ववियूको कार्यालयबाट सुरु भएको मशाल जुलुस पद्म कन्या क्याम्पससम्म पुगेर पुन अनेरास्ववियूको कार्यालय रहेको स्थानसम्म आई कोणसभामा परिणत भएको थियो ।
संवैधानिक निकायहरूको नियुक्तिमा सरकारले बलमिच्याई गरेको भन्दै दाहाल-नेपाल समूहले बिहीबार देशव्यापी आम हड्तालको घोषणा गरेको छ ।

