

उपमहानगरको गेटमै वडाध्यक्षद्वारा कर्मचारीमाथि हातपात

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपात गरेका छन् ।
उनले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गर्नुका हातपात समेत गरेको एक प्रत्यक्षदर्शी कर्मचारीले बताए ।
वडाध्यक्ष सिग्देलले आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिकाको मूल गेट अगाडिनै साहलाई गालीगलौज गरेका हुन् ।
उपमहानगरका सिनियर ईञ्जिनियर समेत रहेका महाशाखा प्रमुख शाह माथि अभद्र व्यवहार भएको भन्दै उपमहानगरपालिकाको शहरी विकास महाशाखाका कर्मचारीहरुले आफ्नो काम रोकेका छन् ।
अहिले नगर प्रमुख मीना लामाको कार्यकक्षमा मेयर लामा, उपमेयर राजेश बानियाँ, वडाध्यक्ष सिग्देल र महाशाखा प्रमुख साहबीच छलफल चलिरहेको छ ।

