

सांसद भण्डारी र उनकी आमाको आईसीयूमा उपचार हुँदै
डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनकी माताको ७० प्रतिशत भाग जलेको डा. किरण नकर्मीको भनाइ

कीर्तिपुर — सांसद डा. चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ ।
बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार उनीहरुको स्वास्थ्यस्थिति गम्भीर छ ।
अस्पतालका अनुसार उनीहरूको हाल अस्पतालको सघन कक्षमा उपचार हुँदैछ। डा. नकर्मीका अनुसार डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ ।
उनी भन्छन्, ‘डा. भण्डारीको फोक्सोमा धुँवा पसेकाले दुवैको अवस्था गम्भीर छ।’ डा. चन्द्र भण्डारीको सचिवालयका अनुसार बिहीबार राती १० बजे ग्यास पड्किएर घटना भएको थियो ।
अस्पतलामै रहेका डा. भण्डारीका सहयोगी भुवन भुसालका अनुसार, सांसद भण्डारीको मुख, घाँटी र खुटामा जलेको छ ।
यसैगरी, उनकी ८८ वर्षीय आमा हरिकला भण्डारीको अवस्था भने गम्भीर छ । उनको शरीरको ७० प्रतिशत भन्दा बढी जलेको भनाइ उपचारमा संलग्न चिकित्सकको छ । दुवैलाई सघन उपचार कक्षमा उपचार भइरहेको जानकारी भुसालले दिए । उनीहरु सुतिहरेको अवस्थामा एक्कासि ठूलो आवाजसहित ग्यास विस्फोट भएको थियो ।
र.. यो पनि…
कांग्रेस सांसद चन्द्र भण्डारी ग्यास दुर्घटनामा परी आमासहित घाइते, आईसीयूमा उपचार हुँदै

