काठमाडौं महानगरका मेयर बालेनसँग तत्काल जरिवाना नलिन सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं – सर्वोच्च अदालतले निर्वाचन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ ।

निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध शाहले दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार संवैधानिक इजलासले तत्काल जरिवाना असुल्न नगर्न अन्तरिम आदेश दिएको हो ।

तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाउनेहरुले जरिवाना बुझाउनुपर्ने भनी निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

प्रतिक्रिया