

राष्ट्रिय महिला लिग फुटबलः विराटनगरको तेस्रो जित

काठमाडाैं – नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर नगरपालिकासँग पराजित भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज बुधबार भएको खेलमा विराटनगरले पुलिस क्लवलाई १–० को गोल अन्तरले पराजित गर्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
खेलको प्लेयर अफ दि म्याच पार्वती घले बनिन्। लिगमा तेस्रो जित दर्ता गरेको विराटनगरले ६ खेलबाट १० अंक जोडेको छ। विराटनगरले ३ खेलमा जित, २ मा हार र १ खेलमा बराबरी गरेको छ।
पराजित पुलिस क्लव भने चौथो स्थानमा झरेको छ। पुलिसले ५ खेलमा २ मा हार २ मा जित र २ खेलमा बराबरी गरेको छ। लिगमा सबै टोलीले ६ खेल खेल्दा अपराजित रहेको नेपाल एपीएफ क्लव १८ अंकमा शीर्ष स्थानमा छ।
तेस्रो स्थानमा रहेको आर्मीको १३, विराटनगर १० अंकमा तेस्रो स्थानमा छ। चौथो स्थानको नेपाल पुलिस क्लवको ८ अंक छ समान अंक भए पनि गोल अन्तरका आधारमा वालिङ नगरपालिका पाँचौ स्थानमा छ।
१ खेलमा जित निकालेको चन्द्रपुर ३ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रहँदा अंकविहीन चौदण्डीगढी नगरपालिका नगरपालिका तालिकाको पुछारमा छ।

