

आजदेखि काठमाडौं–दाङ उडान भर्दै सीता एयर

काठमाडौं – निजी वायुसेवा प्रदायक सीता एयरले आजदेखि काठमाडौं–दाङ उडान गर्ने भएको छ ।
सीताले आजदेखि दाङको टरिगाउँ विमानस्थलमा व्यावसायिक उडान सुरु गर्न लागेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी जगननाथ निरौलाले जानकारी दिए ।
सीताले साताका तीन दिन उडान गर्नेछ । सोमबार, बुधबार र शनिबार उडान गर्ने लागेको सूचना अधिकारी निरौलाले बताए ।
अहिले यो गन्तव्यमा नेपाल वायुसेवा निगमले उडान गर्दै आएको छ । निगमले सातामा (आइतबार, मंगलबार, बिहीबार र शनिबार) चार उडान गर्दै आएको छ ।

