नामिबियाविरुद्ध कुशल भुर्तेलको शतक


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले नामिबियासँगको खेलमा शतक प्रहार गरेका छन् ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नामिबियासँगको खेलमा भुर्तेलले शतक प्रहार गरेका हुन् ।

एक दिवसीय अन्तर्राष्ट्रियमा भुर्तेलको यो पहिलो शतक हो । उनले ९९ रनमा शतक बनाए । उनी अहिले क्रिजमै छन् । नेपालले नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याइरहेको छ ।

प्रतिक्रिया