ऋण तिर्न नसकेपछि आत्महत्या !


धनुषा – ऋण तिर्न नसकेपछि डिप्रेशनमा आएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।

सप्तरीमा आइतबार फेरि एक महिलाले ऋण तिर्न नसेकै कारण आत्महत्या गरेकी छन् ।

कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलकी ५८ वर्षीया शान्ताकुमारी भुजेल बगैचाको आँप रुपमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

मृत फेला परेकी भुजेलको शव पोष्टमार्टमपश्चात परिवारको जिम्मा लगाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेश सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यसअघि पुस १० मा सप्तरीकै छिन्नमस्ता गउँपालिका- २ रामपुरका ४५ वर्षीय रामदेव मरिकले पनि ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका थिए ।

प्रतिक्रिया