
टस जितेर फिल्डिङ गर्दै नेपाल, सोमपालले लिए नेपालका लागि पहिलो विकेट
काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गतको पहिलो खेलमा नेपालले नेपालले नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्दैछ ।
कीर्तिपुरस्थित टीयु मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको हो ।
टस हारेर ब्याटिङ सुरु गरेको नामिबियाले ७ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएर खेलिरहेको छ । नेपालका लागि सोमपाल कामीले १ विकेट लिएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृखंला आजदेखि काठमाडौंमा सुरु भएको हो ।
नेपालले नामबियासँग खेल्दै शृखंलाको सुरुआत गरेको छ ।



कागजपत्र |
