

कांग्रेस सभापति देउवासँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
देउवाले ट्वीटरमार्फत भेटबारे जानकारी गराएका छन् । उनले आफूहरूबीच दुई देशबीचको सम्बन्धनलाई थप बलियो बनाउने विषयमा छलफल भएको बताएका छन् ।
‘हामीले पारस्परिक हितका विभिन्न पक्षमा छलफल गरेका छौँ’, देउवाले भेटको फोटोसहित गरेको ट्वीटमा भनेका छन्, ‘नागरिकस्तरको सम्बन्धलाई बलियो बनाउने विषयमा पनि कुराकानी भएको छ ।’

