लोकतान्त्रिक युवा संघका नेता सिंह एमाले प्रवेश


काठमाडौं – लोसपा निकट लोकतान्त्रिक युवा संघका केन्द्रीय अध्यक्ष रन्जितकुमार सिंह नेकपा एमाले प्रवेश परेका छन्।

एमालेका महासचिव शंकर पोखरेल र मधेस प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वधार विकास मन्त्री सरोज कुमार यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्।

नेता सिंह विद्यार्थी जीवनकालदेखि नै सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आएका छन्। जनआन्दोलन तथा मधेस आन्दोलनमा पटक पटक गिरफ्तारीमा परेका थिए।

प्रतिक्रिया