

माओवादी केन्द्रले यसरी मनायो जनयुद्ध दिवस (तस्बिरहरु)

काठमाडौं – नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ ।
पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी माओवादीले दिवस मनाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा सहिदहरूको तस्बिरमा माल्यार्पण गरिएको छ ।
यस्तै प्रचण्डले पेरिसडाँडामा रहेको सहिद स्तम्भमा माल्यार्पण गरेका छन् ।

