महाराष्ट्रका राज्यपाल भगतसिंह कोशयारीको राजीनामा स्वीकृत


महाराष्ट्र – भारतको महाराष्ट्र राज्यका राज्यपाल भगतसिंह कोशयारीले राजीनामा दिएका छन्। उनले दिएको राजीनामा स्वीकृत भएको भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको कार्यालयले आइतबार जानकारी दिएको छ।

कोशयारी सन् २०१९ मा महाराष्ट्रको राज्यपाल नियुक्त भएका थिए। उत्तराखण्डका मुख्यमन्त्री, लोकसभा र राज्य सभाका सदस्य भइसकेका कोशयारी नेपाल मामिलाका जानकार हुन्।

भारतका अरू राज्यहरू पनि राज्यपालहरू फेरिएका छन्। बिबिसी हिन्दीका अनुसार महाराष्ट्रसहित आन्ध्रप्रदेश, छत्तीसगढ, मणिपुर, नागाल्यान्ड, मेघालय, बिहार, असम, सिक्किम, हिमाचल, झारखण्ड, लद्दाखका राज्यपाल फेरिएका हुन्।

प्रतिक्रिया