प्रधानमन्त्री भएपछि पहिलोपटक सुदूरपश्चिम जाँदै प्रचण्ड


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सुदूरपश्चिम प्रदेश जाने भएका छन् ।

भोलि हेलिकप्टरमार्फत प्रचण्ड करिब १० बजे कैलाली पुग्ने र गेटास्थित मेडिकल कलेजको निरीक्षण गर्ने प्रधानमन्त्रीको पहिलो कार्यक्रम छ । अरबौँका संरचना निर्माण भएर पनि यो मेडिकल कलेज सञ्चालन हुन सकेको छैन ।

त्यसलगत्तै प्रधानमन्त्री महेन्द्रनगर पुगेर सुख्खा बन्दरगाहको निरीक्षण गर्ने कार्यक्रम छ । प्रचण्डले महेन्द्रनगरमा भोलिदेखि सुरू हुने महोत्सवको उद्घाटन गर्नेछन् । त्यसलगत्तै पार्टी जिल्ला कमिटीले ‘जनयुद्ध दिवस’ को अवसरमा आयोजना गरेकव कार्यक्रममा उनी उपस्थित हुने छन् ।

एकै दिनका यी चार कार्यक्रम सम्पन्न गरेर प्रचण्ड भोलि नै सुदूरपश्चिम प्रदेशबाट हेलिकोप्टरमै राजधानी फर्किने कार्यतालिका रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया