

देशभर थप ३ जनामा कोरोना पुष्टी

काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १०८५ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा १ जना कोरोनामुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
गत २४ घन्टामा ७२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेको अवस्थामा देशभर ६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

