

राष्ट्रपति भण्डारीको सम्बोधन सुरू

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई संवोधन सुरू गरेकी छिन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनमा सहभागी सबै मतदाता एवं कर्मचारीहरूलाइ धन्यवाद समेत व्यक्त गरेकी छिन् ।
शुक्रबार संसद भवन बानेश्वरमा उनले संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी हुन्।
संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन जारी छ। पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गरेकी हुन्।
-नेपाल टेलिभिजन

