निर्वाचन प्रणाली बारे आयोग र राजनीतिक नेतृत्वबीच छलफल


काठमाडौं — निर्वाचन आयोग र विभिन्न राजनीतिक पार्टीका नेताहरुबीच निर्वाचन प्रणालीबारे छलफल भएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बिहीबार निर्वाचन प्रणालीबारे छलफल भएको हो । यसअघि नीति अनुसन्धान प्रतिष्ठानले निर्वाचन प्रणालीबारे अध्ययन प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको छ ।

सोही आयोगको प्रतिवेदनमा सरकार, आयोग र दलका प्रतिनिधिबीच छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री, दलका नेता र निर्वाचन आयुक्तहरु सहभागी छन् । नेपालमा हालको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको भन्दै यसको विकल्प खोज्नुपर्ने आवाज उठ्दै आएको छ ।

प्रतिक्रिया