फागुनभित्र सवारी कर बुझाए जरिवाना छुट !


काठमाडौं – आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट हुने भएको छ ।

यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) काठमाडौंले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ ।

प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले भनेको छ ।

प्रतिक्रिया