

हेटौँडामा बाघको आक्रमणबाट एक महिला घाइते

हेटौंडा – हेटौंडामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। हेटौँडा उपमहानगरपालिकाको वडा नंबर १८ रामधुनीमा बाघको आक्रमणबाट घास काट्न गएकी महिला घाईते भएकी हुन् ।
अपराह्न ४ बजे घाँस काट्न जाँदा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो।उनको गाला, ओठ र ढाडमा चोट लागेको छ। घाइते बयलकोटीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
मंगलबार स्थानीय हरिमाया मोक्तानका २ वटा बाख्रा खाएको बाघले बुधबार सोही स्थानकै राजु पहेंलीको एउटा बंगुर खाएको छ भने अर्कोलाई घाइते बनाएको छ।

