

प्रधानमन्त्री दाहाल र युएसएआईडी प्रशासक सामन्थाबीच भेटवार्ता

काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युएसएआईडीका प्रशासक सामन्था पावरको शिष्टाचार भेटवार्ता भएको छ ।
आज दिउँसो सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।
दुईदिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएकी सामन्था आजै साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

