सल्यानमा दुई मोटरसाइकल ठोक्किँदा ६ घाइते, २ को अवस्था गम्भीर


सल्यान – सल्यानको जोगीदेउखोला नजिकै दुई मोटरसाइकल ठोक्किँदा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शारदा नगरपालिका १ जोगीदेउखोला नजिक गएराति रा ७ प ३२६८ नम्बरको मोटरसाइकल र  रा ६ प १५६३ नम्बरको मोटरसाइकल ठोक्किँदा तिनमा सवार ६ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार सिद्ध कुमाखगाउँपालिका ३ का २४ वर्षीय सुरेश नेपाली, शारदा नगरपालिका ७ कजेरीका २१ वर्षीय अर्जुन बुढाथोकी र शारदा नगरपालिका १ पटनेरीका अन्दाजी १४ वर्षीय अनिल शाही घाइते भएका हुन्।

यस्तै शारदा नगरपालिका ९ गिठाचौर अन्दाजी १८ वर्षीय डिल्लीराज बोहरा, वडा नम्बर ६ भट्टाचौरका १५ वर्षीय शिशिर बुढाथोकी र हलचौर का १८ वर्षीय हिमाल बुढाथोकी घाइते भएका छन्।

उनीहरूमध्ये हिमाल र अर्जुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको श्रीनगरस्थित कर्णाली अस्पताल र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया