

राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालले गरिन् पदबहाली, ‘महिला सांसदको भूमिका प्रभावकारी बनाउने प्रमुख उद्देश्य’

काठमाडौं– राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद बहाली गरेकी छिन् । सोमबार निर्विरोध निर्वाचित भएकी अर्यालले मंगलबार बिहान राष्ट्रपति निवासमा पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै पद बहाली गरेकी हुन् ।
उनले पदबहाली गर्दै संसद्मा महिला सांसदका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया गर्ने भएकी छन्।
मंगलबार उनले आफ्नो पद बहाली गर्दै उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी अर्याल राष्ट्रिय सभा सदस्यमा माओवादीबाट निर्वाचित भएकी थिइन्।
उनको उम्मेदवारी परेपछि नेपाली कांग्रेसले पनि उनलाई नै समर्थन गर्दै विरुद्धमा उम्मेदवारी दिएको थिएन। एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध चयन भएकी हुन्।

