दुबै इन्जिनका ब्लेड सिधा भइरहनु नै यती जहाज दुर्घटनाको प्रारम्भिक कारण


काठमाडौं – माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुबै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु देखिएको छ ।

फाइनल टर्न गर्नुअघि नै ‘बेसलेग’मा फेदर भइसकेको देखिएको हो । दुर्घटना जाँच आयोगले सोमबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । सिंगापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोले प्रारम्भिक अनुसन्धानमा यस्तो तथ्य फेला पारेको हो ।

जस अनुसार गत साता गरिएको फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसनधान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया