

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुवै चालक फरार

बझाङ — बझाङको केदारस्यूँ गाउँपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको ट्रकले सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार अन्दाजी १८/२० वर्षकी युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीले बताए।
गाउँपालिकाको वडा नम्बर २ र ४ को सिमाना बजुवा बगर नजिक धनगढीबाट आइरहेको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँएको हो।
घटनालगत्तै मोटरसाइकल चालक र ट्रक चालक फरार छन्। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ

