च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्ड, कुन टिम हाेला प्रतिस्पर्धी?


काठमाडौं – न्युजिल्याण्ड आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियनसिप अन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रीकाबीचको सिरिज स्थगित भएसँगै न्युजिल्याण्ड फाइनलमा पुगेको हो ।

कोरोना भाईरसको महामारीको कारण अष्ट्रेलियाले दक्षिण अफ्रीकाको भ्रमण स्थगित गरेको थियो । दुई टिमबीच तीन खेलको सिरिज खेल्ने तालिका रहेको थियो ।

अब तीन टिम इंग्ल्यान्ड, भारत र अष्ट्रेलिया मध्ये एक टिम फाइनलमा पुग्नेछ । फाइनल पुग्ने टिमले न्युजिल्याण्डसँग उपाधिको लागि खेल्नेछ । टेस्ट च्याम्पियनसिपको फाइनल आगामी जुनमा लर्ड्समा हुनेछ ।

प्रतिक्रिया