मुस्ताङमा आगलागीबाट एक घर जलेर नष्ट


जोमसोम – मुस्ताङको थासाङ गाउँपालिका-३ लेते कालोपानीको एक घरमा आगलागी भएको छ । हिजो दिउँसो पौने ५ बजेको समय अचानक विद्युत सट हुँदा स्थानीय ढकबहादुर तुलाचनको दुई तले घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले तुलाचनको ढुंगा र माटोले बनेको दुई तले घर पूर्ण रूपमा क्षति भएको बताए । आगलागीबाट मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया