
सत्ता साझेदार दललाई थप बलियो बनाउँदै लैजाने छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा आबद्ध दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन्। उनले राष्ट्रिय सहमति गरौं भन्नुको अर्थ नै सत्ता साझेदार दललाई थप बलियो बनाउँदै लैजानु रहेको बताए।
राष्ट्रिय स्तवतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूको एकता आवश्यक रहेको बताएका हुन्।
नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अदालतको निर्णयपछि पक्कै पनि उहाँ (रवि लामिछाने)हरूलाई असजह भएको छ। उहाँसँग फेरि भेटेर कुरा गर्छु।’ उनले सरकारबाट बाहिरिने भन्ने सूचना थाहा पाएको भन्दै विस्तृत बुझेर समस्या समाधान गर्नेतिर लाग्ने बताए।
लामिछाने नेतृत्वको रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।



कागजपत्र |
