दाहाल-नेपाल समुहका अनेरास्ववियुद्वारा राजधानीमा चक्काजाम


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अनेरास्ववियु विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत दाहाल नेपाल समूहका अनेरास्ववियु विद्यार्थीहरुले केही समय सडक जाम गराएर प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक र अलोकतान्त्रीकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह यतिबेला आन्दोलित रहेको छ ।

उक्त समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तरगत आज विद्यार्थीहरुले राजधानीमा संसद् भवनअगाडि आधा घण्टा चक्काजाम गरेको हो ।

प्रतिक्रिया