श्रीलंकाका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री पौड्याल


काठमाडौं – श्रीलंका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री बिमला राई पौड्याल उच्चस्तरीय भेटघाटमा व्यस्त छिन्।

श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन श्रीलंका पुगेकी मन्त्री पौड्यालले आज साँझ त्यहाँका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गर्नेछिन्। भेटघाटपछि मन्त्री पौड्याल श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन्।

शनिबार बिहान श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम छ। उक्त कार्यक्रम सकिएपछि दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रतिक्रिया