

सांसद चौधरी कारागार चलान

धनगढी – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ।
बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी पुर्याएको प्रहरीले शुक्रबार बिहान उनलाई कैलाली जिल्ला अदालतमा बुझाएको थियो।
अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाईले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरूद्ध मुद्दा दायर गरेका थिए।
ट्याक्टरमा आगजनी गरेको कसुरमा अदालतले सांसद चौधरीलाई दोषी ठहर गरेको थियो। कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र बिरबहादुर चौधरीका नाममा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला सुनाएको थियो।
चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट पक्राउ गरी धनगढी जिल्ला प्रहरी कार्यालय लगेर राखेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनगढीले शुक्रबार बिहानै अदालतमा पेश गरेको थियो ।

