उपप्रधानमन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता


काठमाडौं – उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबिच भेटवार्ता भएको छ। मन्त्रालयमा बुधबार भएको भेटमा आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो।

भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकास, प्रसारण र व्यापार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरीकी सरकारको सहयोग रहने विश्वास गरे।

उनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकोको महत्वपूर्ण योगदान रहेको चर्चा गरे।

विगत लामोदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थम्पसनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया