मोरङमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु


विराटनगर – पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका-३ स्थित थापा चोकमा बुधबार बिहान स्कुल बसले ठक्कर दिँदा एक जना वृद्ध पुरुषको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६१८२ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार दुर्घटनामा परेर उर्लाबारी-८ का ८० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको छ।

पैदल हिँडिरहेका बेला बिहान ६ बजेतिर पथरीशनिश्चरेस्थित पञ्चायत माध्यमिक विद्यालयको बसले तामाङलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा दिउँसो ३:३० बजे मृत्यु भएको एसपी राईले बताए।

दुर्घटनालगत्तै प्रहरीले बस र चालक पथरीशनिश्चरे नगरपालिका-९ का ३० वर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीले घटनाको अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया