

बागलुङमा एक पुरुषले गरे शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास, उपचारका लागि पोखरा ल्याइँदै

काठमाडौं – बागलुङमा एक जना पुरुषले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी गंगाबहादुर थापाका अनुसार बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर घरभित्रै आत्मदाहको प्रयास गरेका हुन् ।
जिसीको धौलागिरी अस्पतालमा प्रथमिक उपचारपछि थप उपचारका लागि पोखरा ल्याइँदै छ । जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए । आत्मदाहको कारण नखुलेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

