संयुक्त अधिराज्यका राजदूत पोलिट र उपप्रधानमन्त्री पोखरेल बिच शिष्टाचार भेट


काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि सयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले शिष्टचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भएको भेटमा दुई देशबीचको मित्रता र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको कार्यालयका प्रवक्ता शङ्कर नेपालले जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले जलवायु परिवर्तन नेपालको प्राथमिकता रहेको भन्दै सन् २०१९ मा पोल्याण्डमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२४) मा नेपालको तर्पmबाट राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रतिनिधिमण्डलले सहभागिता जनाएको स्मरण गरे । उनले संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ को उपचारका लागि उपलब्ध सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

उक्त अवसरमा राजदूत पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि शुरु गरेको कोभिड–१९ विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आउँदो २०२१ को नोभेम्बरमा संयुक्त अधिराज्यमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२४) मा नेपालको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया