सिंहदरबारको गेटैमा ढल फुट्यो, अनामनगर क्षेत्र दुर्गन्धित


काठमाडौं – सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ।

ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो। ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालहरुले सास्ती व्यहोर्नुपरेको छ।

सिंहदरबार पूर्वी गेटमा मंगलवार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिएको हो। हालसम्म  सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनैपनि पहल गरेको छैन । उक्त ढलका कारण अनामनगर क्षेत्र दुर्गन्धित बनेको छ । फुटेको ढलका कारण पैदलयात्रीसमेत समस्यामा परेका छन् ।

पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन्।

प्रतिक्रिया