पछिल्लो २४ थप १७१ जनामा कोरोना संक्रमण, एक जना संक्रमितको मृत्यु


काठमाडाैं – नेपालमा पछिल्लो २४ थप १७१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

हालसम्म दुई हजार ३० जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये ०.७५ प्रतिशतले ज्यान गुमाएका छन्।

नेपालमा पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरी २ हजार ९४६ जनाको पीसीआर बिधिबाट परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा हालसम्म २० लाख ७८ हजार ९८ स्वाबको परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार हाल २ हजार ४०० जना आइसोलेसनमा रहेका छन् त्यस्तै, ९५ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया