
ओलीले भने- चुनावै गएर जित्ने ठाउँ छ नि, तर संसद विघटन फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो भन्ने छ
काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र ! फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो,’ उनले भने, ‘कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा–यत्रा डल्ला फ्याँक्दा किन हार्ने ?’
उनले खेलमा हुने जित र हारको ठूलो अर्थ हुने बताए । अन्य क्षेत्रमा पनि जित र हारको विषय ‘इगो’ बन्ने गरेको बताए। संसद विघटनको जित र हारको विषयमा भइरहेको उनको भनाइ छ।
‘संसद विघटन पनि जित र हार विषय बनिरहेको छ। संसद भंग भइसक्यो। चुनाव आउन लागिसक्यो। केही मानिसहरू चुनाव हुन्न भनिरहेका छन्। केहीका लागि होइन। जिते भन्ने पार्नका लागि। चुनावै गएर जित्ने ठाउँ छ नि। तर यो फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो भन्ने छ।’
उनले जित्ने ठाउँ चुनाव भएको बताए। तर, प्रचण्ड–नेपाल पक्षलाई प्रतिनिधि सभा विघटन फिर्ता गर्न पाए जित हुन्थ्यो भन्ने लागेको उनको भनाइ थियो।



कागजपत्र |
