सीतापाइलामा मिनी बस र सुमो ठोक्किँदा एक जनाको मृत्यु, ४ घाइते


बाठमडौं – काठमाडौंको सीतापाइलमा मिनी बस र सुमो आपसमा ठक्करखाँदा एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान ११ बजेतिर कलंकीबाट सीतापाइला जाँदै गरेको बा २ ख ३६ मिनिबस र सीतापाइलाबाट कलंकीतर्फ जाँदै गरेको ना १ ज ३४२१ नम्बरको सुमो एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका सथै ४ जना घाइते भएका हछन्

दुर्घटनामा परि रसुवाको गोसाइकुण्ड ६ घर भइहाल पुतलीसडक बस्ने ५१ वर्षीया यायालम घलेको दिउँसो १ बजेतिर मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

दुर्घटना लगतै प्रहरी वृत्त स्वयम्भू र कालीमाटीबाट खटिएका प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाइएका थिए।

प्रतिक्रिया