

बालुवाटारमा कोरोना प्रभावित व्यवसायीहरूको धर्ना

काठमाडौं – बालुवाटारमा कोरोनाभाइरस प्रभावित व्यवसायीहरुले धर्ना दिएका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लामो समय गरिएको लकडाउनका कारण आफ्नो व्यवसाय धराशायी भएको भन्दै उनीहरुले मंगलबार बालुवाटारमा धर्ना दिएका हुन् ।
कोरोना महामारी पीडित सर्वपक्षीय पेसा तथा व्यवसायी संघर्ष समितिको आयोजनामा सरकारको ध्यानकर्षण गराउन आयोजना गरिएको कार्यक्रममा उनीहरुले राज्यका तर्फबाट कर तथा राजस्वमा लगाइने जरिमाना आतंक बन्द गर्न माग गरेका छन् ।

