

चीनमा कोभिड-१९ विरुद्धको दुईवटा औषधि स्वीकृत

बेइजिङ – चीनले कोभिड-१९ विरुद्धको दुईवटा औषधि प्रयोगका लागि स्वीकृति दिएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्वदेशमै निर्मित सिएननोअसिन र भीभी १२६ नामक औषधि स्वीकृत गरेको हो।
नेस्नल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसनले आइतबार दिएको जानकारी अनुसार सिएननोसिन नामक औषधि सिम्सर फार्मास्यूटिकल ग्रुपले निर्माण गरेको हो। भीभी १२६ नामक औषधि सांघाई भायनेर्ना इन्स्टीच्यूटले निर्माण गरेको हो।
दुवै औषधि कोभिड-१९ को हल्कादेखि मध्यम खालका संक्रमित वयस्कहरूको उपचारका लागि प्रयोग गरिने छ। तर यी औषधि प्रयोग गर्दा बिरामीले डाक्टरको कडा निर्देशन पालना गर्नुपर्ने छ।

