झापाकाे बालाजी फर्निसिङमा आगलागी, लाखाैँकाे क्षति


झापा – दमक-६ मा रहेकाे बालाजी फर्निसिङमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ । विकास भट्टराईले सञ्चालन गर्दै आउनु भएकाे फर्निसिङमा हिजाे बेलुका आगलागी हुँदा सबै सामान जलेर नष्ट भएकाे हाे।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेबल, तन्नालगायतका घरायसी सामान जलेका छन्। उनका अनुसार दमक, उर्लाबारी, गौरादहको दमकल, प्रहरी तथा स्थानीयवासीको सहायताबाट आगाे निभाइएकाे हाे ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए।

यही माघ १ गते दमक–६ कै नमुना बजारका छवटा पसलमा आगजनी हुँदा दुई करोड रुपैयाँभन्दा बढीकाे क्षति भएकाे थियाे ।शत खाल्डाखुल्डी पुरिए

प्रतिक्रिया