यात्रु बस दुर्घटना, १९ जना घाइते


दोलखा – दोलखाबाट काठमाडौं जादै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा यात्रु सामान्य घाइते भएका छन् कसैको मृत्यु भएको छैन । दोलखाको कालिञ्चोक गाउँपालिका–६ लापिलाङबाट काठमाडौं जाँदै गरेको रोल्वालिङ यातायातको बा३ख २७८९ नम्बरको बस सुनकोशी गाउँपालिका–७, थुम्पाखरमा मंगलबार मध्यान्हमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी १९ जनाभन्दा बढी घाइते भएको सोही बसका यात्रु कुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार तीव्र गतिमा हुँइकिरहेको बस अचानक अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो । चालक फरार रहेको यात्रुहरूले बताएका छन् ।

प्रहरी घटनास्थलमा पुगिसकेको छ। बसमा करिब २७ जना यात्रु रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया