सर्वाेच्चबाहिर नाराबाजी गर्ने रवि लामिछानेका समर्थक पक्राउ


काठमाडौं – नागरिकता विवादसम्बन्धी मुद्धामा शुक्रबार सर्वाेच्च अदालतले उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको विपक्षमा फैसला सुनाएसँगै लामिछानेका कार्यकर्ता, समर्थकहरुले सर्वाेच्चबाहिर नाराबाजी गरेका छन् ।

‘रवि दाइ– हाई, हाई, रवि दाइ– जिन्दावाद’ लगायत नारा लगाउँदै बलजफ्तीमा उत्रिँदै नाराबाजी गरेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

समर्थकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका थिए ।

शुक्रबार सर्वाेच्चको आदेशसँगै लामिछानेले सांसद, पार्टी सभापति, उपप्रधान एवं गृहमन्त्री पद एकैपटक गुमाएका छन् ।

प्रतिक्रिया